• होमपेज
  • धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
Breaking News

धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

डाक्टरको नियमितता भएसँगै पर्वत अस्पतालको सेवामा सुधार

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो ।

धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत अस्पतालसँग समन्वय गरि तत्काल कुश्मा पठाए । पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बास्तोला सहितको समूह शल्यक्रियाका लागि तयारी अवस्थामा बस्नुभयो । प्रसुती व्याथामा रहेकी परियारको तत्काल शल्यक्रिया गरि आमा बच्चा दुबैको ज्यान जोगियो ।
१४ किलोमिटरको दुरीमा रहेको बागलुङ र पर्वत अस्पतालको समन्वय भएका कारण बिरामीलाई तत्काल सेवा दिन सकिने उदाहरण भएको डा. बास्तोलाको भनाई छ । ‘नजिकमा रहेका स्वास्थ्य संस्थाहरुले समन्वय र सहकार्य गरेमा मात्र पनि विरामीको ज्यान बचाउन सकिदो रहेछ भन्ने उदाहरण प्रमाणित भएको छ’ उहाँले भन्नुभयो ।

विज्ञापन

केही समय पहिला विशेषज्ञ डाक्टर नहुँदा अस्पतालकै गेटबाट बिरामी लिएर फर्किने अवस्थामा रहेको पर्वत अस्पतालमा अहिले डा. बस्तोला आएसँगै दैनिक २ सयको हाराहारमीमा बिरामी आउने गरेकाछन् । सिमित साधन र स्रोतमा पनि बिरामीलाई सेवा दिनु र विश्वास जित्नु ठूलो उपलब्धी भएको डा. बास्तोलाको भनाई छ । अहिले अस्पतालमा दैनिक ३ देखि ४ जना बिरामीको अपरेशन समेत हुने गरेको छ ।

अस्पतालमा डा. बास्तोला केही महिना पहिला आएसँगै प्रसुती, हर्निया, एपेन्डीसाईटिस लगायतका शल्यक्रिया हुने गरेको छ । अस्पतालमा जटिल शल्यक्रिया समेत शुरु भएसँगै बिरामीको विश्वास समेत बढेर गएको छ ।

पहिला बिरामी लिएर जाँदा रिफर दिने गरेको अस्पतालमा अहिले सयौं बिरामी आउनु उल्लेख्य परिवर्तन भए ल्यावसेवा प्रभावकारी नभएको को पत्रकार छबिलाल तिवारीको भनाई छ । ‘मैले धेरै समयमा यस्तो परिवर्तन पाएँ’ उहाँले भन्नुभयो–‘तर, केही स्वास्थ्यकर्मीको व्यवहार र ल्याव सेवामा भने समस्या छ यसलाई पनि सुधार गरेमा अझै राम्रो हुन्छ ।’

अस्पताल भौतिक हिसावले पूर्ण भएपनि दक्ष चिकित्सकको अभावले बिरामीहरु पोखरा, बागलुङ लगायतका ठाउँमा रिफर लिएर जानुपर्ने बाध्यता रहेको थियो । अस्पतालका अनुसार माघ महिना शुरु भएपछि १३ जना शल्यक्रियामार्फत प्रसुती, १ हर्निया र २ वटा एपेन्डिक्स लगाएतका साना ठूला अप्रेशन सफलतापुर्वक भएका छन् । हामीले निरन्तर प्रयाश गरेर केही सुधार र बिरामीको विश्वास जितेका छौं उहाँले भन्नुभयो–अझै दक्ष जनशक्तिको अभाव भएकाले अन्य जटिल प्रक्रितिका शल्यक्रिया भने गर्न सकेका छैनौं ।

२५ बेड क्षमता रहेको अस्पतालमा अहिले एक सय ५० बढि बेड संचालनमा रहेका छन् । अस्पतालमा भएको दरबन्दीले अहिलेका बिरामीको चाप धान्न नसक्दा केही समस्या भएकाले अस्पतालको क्षमता थप गरि दरबन्दी समेत थप गर्नुपर्ने डा. बास्तोलाको भनाई छ ।
अहिले अस्पताल भौतिक पूर्वाधारले पूर्ण भएपनि दरबन्दी कम हुँदा कतिपय बिरामीहरु रिफर गरि पठाउनुपर्ने बाध्यता रहेको डा. बास्तोलाले बताउनुभयो । प्रदेश सरकारले तत्काल अस्पतालको क्षमता बृद्धी गरि दरबन्दी पठाउने आश्वासन दिएपनि हालसम्म कुनै निर्णय नभएकाले पुरानै संरचनामा चलाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । अस्पतालमा अहिले १ जना मेडिकल सुपरिटेण्डेन्ट र ५ जना मेडिकल अधिकृत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook