• होमपेज
  • कुश्माका २ युवा प्रहरी फन्दामा
गण्डकी प्रदेश

कुश्माका २ युवा प्रहरी फन्दामा

पोखरा ।

कास्की प्रहरीले पोखरा लामाचौरस्थित सच्याई केन्द्रका सञ्चालकलाई धम्क्याएर फिरौती माग गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

विज्ञापन

गत १८ माघमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोट घर भई पोखरा-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दिपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

सच्याई केन्द्रका सञ्चालक प्रकाश दीप गैह्रेलाई हिन्दी भाषामामा फोन र म्यासेज गरेर पाँच करोड रुपैयाँ मागेका थिए । उनीहरूले पैसा नदिए गैह्रेको परिवार र परिवारका सदस्यलाई मारिदिने धम्की दिएका थिए । उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

सच्चाई सञ्चालक प्रकाश र उनकी श्रीमती सुशीला क्रिस्चियन धर्म मान्नेबीच लोकप्रिय छन् । ‘सच्चाई केन्द्र नेपाल’ नामक उनीहरूको युट्युब च्यानलमा एक लाख ३८ हजार सब्सक्राइबर छन् । धम्की दिनेहरूले उनलाई युट्युबमै देखेका थिए । उनको भिडियो हेरेपछि पैसा दिन सक्ने आकलन लक्ष्मण र दीपकले गरेका थिए । धम्की दिनुअघि उनीहरू प्रकाशको अवस्था बुझ्न र उनको नम्बर लिन लामाचौरस्थित सच्चाई केन्द्र पुगेका थिए ।

१३ माघमा त्यहाँ गएर उनीहरूले दुई घण्टा बिताएर प्रकाशको नम्बर ल्याए । त्यसको पाँच दिनपछि प्रकाशलाई फोन अनि म्यासेज गरे । पाँच करोड रुपैयाँ नदिए प्रकाश र उनको परिवारलाई मारिदिने धम्की उनीहरूले दिएका थिए ।

दुई दिनपछि २० माघमा उनीहरू फेरि सच्चाई केन्द्र गए । दोस्रोपटक सच्चाई केन्द्र जानुको उद्देश्य थियो- हामीले गरेको फोन-म्यासेजको असर कस्तो पर्‍यो ?

उनीहरू दोस्रोपटक सच्चाई जाँदा प्रहरीले पछ्याइरहेको थियो । तर, प्रहरीले तत्काल पक्राउ नगरी उनीहरूको गतिविधि नियालिरह्यो । लक्ष्मण र दीपक तेस्रोपटक पनि २३ माघमा सच्चाई केन्द्र पुगे । पैसा नआएपछि पुगेका उनीहरूले त्यहाँ आधा घण्टा बिताएका थिए ।

तँलाई मार्न पाँच करोड रुपैयाँको सुपारी आएको छ । त्यति नै पैसा हामीलाई दिएर नमार्ने अफर तैँले राख । यो तेरो परिवारको सुरक्षाका लागि हो भन्ने बुझ् । आइतबारसम्म पैसा तयार हुन पर्‍यो ।’ भनेर फोन गरेका थिए ।

दुई जनामाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook