• होमपेज
  • सरकारी जग्गा हडपेको आरोप लागेका चौधरी हस्पिटलबाटै छुटे
Breaking News

सरकारी जग्गा हडपेको आरोप लागेका चौधरी हस्पिटलबाटै छुटे

काठमाडौ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका चौधरी समूहका अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले दुई दिनको भाका राखेर उनीहरुलाई छोड्न आदेश गरेबमोजिम ६ दिनको अस्पताल बसाईपछि तीनैजना आज छुटेका हुन् । उनीहरुलाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको बताइएको छ ।

विज्ञापन

बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा उनीहरूलाई माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । तर, अनुसन्धान पूरा नहुँदै जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले हिजो चौधरीसहितलाई छोड्न आदेश दिएको थियो । जनआस्थाबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook