• होमपेज
  • शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार
अर्थ खबर

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार नेप्से आज बिहीवार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन सामान्य बढे पनि बाँकी चार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भयो । आइतवारदेखि आज बिहीवारसम्म नेप्से ८२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।

विज्ञापन

आज सबैभन्दा धेरै सिटी होटलको शेयर नौ प्रतिशत तथा बाराही हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook