• होमपेज
  • अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा
गण्डकी प्रदेश

अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा आगामी असोज २७ गते हुने बताइएको छ ।

अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने अभियानका साथमा समाजको गठन भएको र समाजले पवित्र भावनाका साथ काम गरिएको जानकारी दिनुभयो । उहाँले बिश्वभरबाट अधिवेशनमा भाग लिन आउने क्रम जारी रहेको केसीले बताउनुभयो । उहाँले अधिवेशनले नयाँ नेतृत्व चयन र आगामी कार्ययोजना बनाउने जानकारी दिनुभयो ।

विज्ञापन

उहाँका अनुसार आगामी असोज २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । सो कार्यक्रममा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य, प्रदेश सभा सदस्य, सबै स्थानीय तहका प्रमुखहरु, जिल्ला समन्वय समिती लगायत सबै कार्यालय र जनप्रतिनिधिहरुको सहभागीता रहने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook