• होमपेज
  • सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक
अर्थ/वाणिज्य

सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक

आज पनि सेयरबजारको उकालो यात्राले निरन्तरता पाएको छ। गत सातादेखि निरन्तर उकालो लाग्दै आएको बजार आज ७.७९ प्रतिशतले बढेको छ।

बढेको बजारमा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका २८५ कम्पनीहरुले ७४ हजार ५४ लाख ७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८८ करोडको कारोबार भएको छ।

विज्ञापन

आज कारोबारमा आएका मध्ये ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १२६ घटेको छ। बाँकी ८ कम्पनीको कारोबार भने स्थिर नै देखिन्छ।

आज अभियान लघुवित्त र कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी भूगोल इनर्जी डेभलपमेन्टको ९.९९ प्रतिशत र सिटि होटलको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको १५ करोड २८ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ९ करोड ५८ लाखको कारोबार भएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook