• होमपेज
  • एमाले स्थायी कमिटी सदस्य मणि थापा विप्लवको पार्टीमा प्रवेश गर्दै
अर्थ खबर

एमाले स्थायी कमिटी सदस्य मणि थापा विप्लवको पार्टीमा प्रवेश गर्दै

नेकपा एमाले स्थायी कमिटी सदस्य मणि थापा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्।

पछिल्लो दिन एमालेमा बिदा स्वीकृत गराएर सार्वजनिक कार्यक्रममा नदेखिएका उनले विप्लवसंग पटकपटक छलफल गरिसकेका छन्।

विज्ञापन

‘एमालेमा केही मिल्दैन, त्यहाँ बस्न सकिन्न। म अन्ततः यतै हो भन्नू भएको छ,’ विप्लव निकट केन्द्रिय सदस्य बिपिन सीले नेपालखबरसँग भने, ‘उहाँ हाम्रै पार्टीमा आउनेगरी नै संवादमा हुनुहुन्छ।’

‘अन्तिम अवस्थामा कुनै नाटकीय परिवर्तन नभए मणिजीले लगभग निश्चित गर्नु भएको सूचना पाएको छु’, उनले थपे।

एमालेको २८ देखि ३० वैशाखमा बसेको केन्द्रीय कमिटी बैठकपछि जारी भएको अपानीमा पनि मणीले बिदा स्वीकृत गराएको उल्लेख गरिएको छ।

अघिल्लो वर्ष काभ्रेमा भएको एक कार्यक्रममा एमाले पार्टी प्रती थापाले गरेको आलोचनाले अध्यक्ष केपी शर्मा ओली बिच्किएका थिए।

२०७७ फागुन २३ मा नेकपा भंग गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र ब्युँताएको थियो।

त्यसपछि पनि थापासहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका केही नेताहरू माओवादी मा फर्किएका थिएनन्।

मणिलाई स्थायी समिती सदस्य दिएर तेस्रो वरियता दिने तयारी छ।

नेपाल कम्युनिस्ट पार्टीको महासचिव विप्लव सबैभन्दा कार्यकारी पदमा छन्। उनी वरियताको पहिलो नम्बरमा छन्।

‘उहाँलाई तेस्रो वा चौथो पद दिने कुरा छ,’ बिपिन सीले थपे।

अहिले नेपाल कम्युनिस्ट पार्टीमा विप्लव, प्रकाण्ड, अनिल शर्मा, सन्तोष बुढा मगर, भरत बम, उमा भुजेल र कर्णजित बुढाथोकीसहित ७ जनाको स्थायी समिती छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook