• होमपेज
  • टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा
Breaking News

टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले रायमाझीको घरमा छापा मारेको हो।

प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो।

विज्ञापन

एमालेका बहालवाला सांसदसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए।

उक्त घटनामा रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook