• होमपेज
  • रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन
द्रुत खबर बिशेष

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं: सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ।

शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ। प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए।

विज्ञापन

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेशअनुसार शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका हुन्।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको भन्दै लामिछानेलाई पदबाट बर्खास्त गरिएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका समर्थकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् ।उनीहरुले निर्वाचन आयोग नेपाल र सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook