• होमपेज
  • पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
Breaking News

पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ ।

विज्ञापन

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति १२ बजेपछि मात्रै लागू हुनेछ ।

चौतर्फी दबाबपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यस अघि पेट्रोल १९९ र डिजेल १९२ प्रति लिटर थियो ।

शनिबार बिहान गठबन्धन दलका नेताहरुको बैठकपछि सरकारले नयाँ मूल्य तोकेको हो ।

मूल्य घटाएसँगै बजारको अनुगमनलाई कडाइ गर्ने पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बताए ।

यसअघि आजै बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कर घटाएर पेट्रोलियम पदार्थको घटाउने सहमति गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook