• होमपेज
  • यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त ताराको जहाज, पठाए तस्बिर
Breaking News

यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त ताराको जहाज, पठाए तस्बिर

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।

विज्ञापन

आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook