• होमपेज
  • ‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’
Breaking News

‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने उक्त जहाज अहिलेसम्म सम्पर्कमा आउन सकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook