• होमपेज
  • तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची
Breaking News

तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची

तनहुँ । तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् ।

विज्ञापन

मत गणनामा सहभागीहरुका अनुसार वडाध्यक्ष र वडा सदस्यमा रुख चिन्हमा नै मतदान गर्नेहरुले पनि मेयरमा भने दीपक जोशीको चुनाव चिह्न कैंचीमा मतदान गरेको पाइएको छ ।

व्यास नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका अनुप राना ६५७ मत पाए निर्वाचित भए । उपप्रमुखको उम्मेदवार रहेकी इन्दिरा दरैले ४१७ मत पाइन् । तर कांग्रेसबाटै नगरप्रमुखको उम्मेदवार रहेका वैकुण्ठ न्यौपानेलाई भने ३३३ मत मात्र आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook