• होमपेज
  • पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी
Breaking News

पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी

पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ ।

शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ ।

विज्ञापन

पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका र पैयूँ गाउँपालिकाको मतगणनाको शुरुवाती नतिजा प्राप्त भएको छ । जसअन्तर्गत जलला गाउँपालिकामा नेकपा एमालेका लाल बहादुर अधिकारीले ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजु आचार्यले १९७ मत प्राप्त गर्नुभएको छ ।

जलजला गाउँपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेदवार जग बहादुर रोकाको प्यानल नै बिजयी भएको निर्वाचन अधिकृत रुद्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै पैयूँ गाउँपालिकामा नेपाली नेपाली काँग्रेसका राज मल्ल ठकुरीले १५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी महेन्द्र श्रेष्ठले १३२ मत प्राप्त गर्नुभएको छ । अन्य तहहरु मध्ये फलेवास, कुश्मा, मोदी, बिहादी र महाशिलामा भर्खरै मात्र मतगणना शुरु भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook