• होमपेज
  • डाक्टर प्रीति भुसालले चढिन् सगरमाथा
Breaking News

डाक्टर प्रीति भुसालले चढिन् सगरमाथा

काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो ।

अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।

विज्ञापन

उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्म्ाान गर्न तथा प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने लक्ष्य अनुसार सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook