• होमपेज
  • पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा
Breaking News

पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् ।

बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए ।

विज्ञापन

पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई सम्बोधन गर्दै शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनको र सहजै समाधान हुन नसक्ने दाबी गरेका हुन् । ‘एमसीसी अहिले राष्ट्रिय संकटको इस्यु र विषय बनेको छ । यसले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ,’ उनले भने, ‘त्यसबाट बच्नका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता छ । यसलाई आफ्नो गोरुको बाह्रै टक्काको कुरा गरियो भने नेपालमा ठूलो समस्या पैदा हुन्छ ।’

सत्ता साझेदारको ठूलो दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै शर्माले कांग्रेस अहिले एमसीसीको विषयलाई लिएर राजनीतिक पार्टी र समाजलाई विभाजन गर्न खोजेको संकेत गरे । ‘यसरी जान खोज्दा राजनीतिक पार्टीहरुमा विभाजन आउन सक्छ । यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति केको लागि ? के शर्तमा भन्दा राष्ट्रहित, हाम्रो स्वाधिनता र स्वाभिमानलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’ करिब १८ मिनेट लामो भाषण गरेका शर्माले एमसीसीका विषयमा एक मिनेट मात्रै बोलेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook