• होमपेज
  • एसईई परीक्षा ९ वैशाखदेखि हुने
पत्रपत्रिका

एसईई परीक्षा ९ वैशाखदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखदेखि हुने भएको छ । बुधबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई ९ देखि २० वैशाखसम्म गर्ने निर्णय गरेको हो ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ ।

विज्ञापन

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षाको समयतालिका भने गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook