• होमपेज
  • एमसिसी सम्झौतामा कुनै परिवर्तन हुँदैन, फेब्रुअरी २८ सम्म पास नभए फिर्ता जान्छ : उपाध्यक्ष सुमार
Breaking News

एमसिसी सम्झौतामा कुनै परिवर्तन हुँदैन, फेब्रुअरी २८ सम्म पास नभए फिर्ता जान्छ : उपाध्यक्ष सुमार

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ सम्ममा नेपालको संसदबाट एमसिसी पास नभए फिर्ता हुने चेतावनी दिएकी छिन् ।

बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष सुमारले फेब्रुअरी अन्तिमको समयसीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ तोकेकाले फेरि समय थप्न नसकिने उनले बताइन्।

विज्ञापन

नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताउँदै उनले भनिन्, ‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्विकार्न सक्दैनौँ।’

फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई नभएर पास गर्नका लागि भएको भन्दै सुमारले सम्झौतामा कुनै परिवर्तन नहुने पनि स्पष्ट पारिन्।

एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले ‘नेपालजस्तै अवस्थाबाट गुज्रिरहेका अन्य मुलुक यो सम्झौता गर्न आतुर रहेको भन्दै नेपालका लागि आफूहरूले थप समय दिन नसक्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook