• होमपेज
  • एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा
पत्रपत्रिका

एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका छन्।

उनले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता पठाउने बहानामा प्रचण्ड र नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका हुन्। थापाले एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल नै हुने बताएका छन्।

विज्ञापन

‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

उनले अमेरिका वा दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार किन गरेको भन्दै प्रश्नसमेत गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook