• होमपेज
  • पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गरिने
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गरिने

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृृद्धिलगायतका विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिए ।

विज्ञापन

उनले सरकारको कामलाई पनि सहजता प्रदान गर्ने गरि उपसमितिले अध्ययन गर्ने बताए । बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताए । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुन सुरु गर्नुपर्ने बताए । त्यस्तै उनले सिधै कच्चा तेल ल्याउने विषयमा पनि अव विचार गर्नुपर्ने बेला आएका बताए ।

सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि विद्युतीय समाग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताए । त्यस्तै सांसदहरुले चूहावट लगाएत अन्य कमीकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook