• होमपेज
  • ९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल भोली
अर्थ/वाणिज्य

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल भोली

ठमाडौं – नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ वर्ष अवधिको ‘विकास ऋणपत्र-२०८० (च)’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

विज्ञापन

यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल भोलि माघ २५ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । माघ २६ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८० साल माघ २६ गते भुक्तानी हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook