• होमपेज
  • समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा
गण्डकी प्रदेश

समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन भएका छन् । विकको अध्यक्षतामा १३ सदस्यीय संगठन कमिटि निर्माण गरिएको हो ।

शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशिल पत्रकारहरु निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले समाजमा उपेक्षा र उत्पीडनमा रहेका वर्गका आवाज बुलन्द पार्न कलमजीबिहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

भेलामा बोल्दै प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक गणेश पौडेलले संचारमाध्यम र पत्रकारहरुले देशमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा अगुवाई गरेको बताउँदै आगामी दिनमा गणतन्त्रको संस्थागत गर्न र संबिधानको रक्षाका लागि समेत कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

नव गठित कमिटिको सदस्यहरुमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित वि.क, एलके पौडेल, सदिक्षा शर्मा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, शुरेश परियार, मिनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल, युवराज पौडेल लगायत रहेकाछन् । भेलाले संयोजक र सदस्य मात्रै टुंगाएको र अन्य पदाधिकारीको चयन आगामी बैठकबाट हुने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook