• होमपेज
  • पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश
गण्डकी प्रदेश

पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश

पर्वत-पर्वतमा बालचन्द्र नेपालीको अध्यक्षतामा १३ सदस्य नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी गठन भएको छ ।
नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको अवसरमा कुश्मामा एक कार्यक्रमको आयोजना गरि सनिवार जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीको सचिवमा रामबहादुर दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर बिक, सुमन नेपाली,नेत्र परियार,जुना सुनार, योगेन्द्र बिक,लक्ष्मण विश्वकर्मा,सन्तोष सुनाम,सुमित सुनार, श्यामलाल बिक, विष्णु बिक, भोटे बहादुर बिक रहनुभएको छ । अन्य पदाधिकारी केन्द्रिय कमिटीको निर्णय अनुसार चयन गरिने भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला कमिटी अध्यक्ष मोती पौडेलले सामाजिक क्रान्ति र रुपान्तरणका लागि महिला,दलित र पिछडिएको क्षेत्रका व्यक्तिहरुको महत्त्वपूर्ण भुमिका रहने बताउदै उक्त समुदाय सांगठनिक भएर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । नवगठित कमिटीलाई बधाई ज्ञापन गर्दै सबै विभेद अन्त्य गर्न र दलितको हक हितमा सक्रियतापुर्वक लाग्दै पार्टीलाई लोकप्रिय बनाउन जनहितमा कार्य गर्न अनुरोध गर्नुभयो । पार्टीलाई सशक्त बनाउन जिल्ला तथा स्थानीय तहहरुमा जनवर्गीय तथा भातृ संगठन गठनमा जोड दिएको पौडेलले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी केन्द्रिय निर्वाचन आयोग सदस्य उदय सुवेदीले सम्पुर्ण विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि पार्टीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । हिजोको दिनमा विभिन्न राजनीति दलहरूले दलित समुदायलाई भर्‍याङ बनाएर सत्तामा पुगेको र सत्तामा पुगेपछि दलितका मुद्दाहरुलाई उपेक्षा गरेको बताउदै अब आफ्नो पार्टीले दलित समुदायको जनभावना अनुसार काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य प्रेम गुरुङ, जिल्ला कमिटी सदस्यहरु दिपुबाबु गिरी र डम्बर बहादुर बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
साथै उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु समाजवादीमा प्रवेश गरेका छन् ।फलेवास देविस्थानका सक्रिय युवा सुमन नेपाली लगायतका युवाहरू एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।नवप्रेसिलाई खादा र टिकाद्वारा सम्मान समेत गरिएको थियो ।
नेपाल दलित मुक्ति संगठन गण्डकी प्रदेशका सदस्य तथा जिल्ला अध्यक्ष बालचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममाअनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्तोष सुनामको स्वागत मन्तव्य र कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण बिश्वकर्माले गर्नुभएको थियोे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook