• होमपेज
  • सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत
गण्डकी प्रदेश

सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत

पोखरा । सिटी वान टेलिभिजन, पोखराले मंगलबारदेखि नियमित प्रसारण औपचारिक सुरुआत गरेको छ ।
आवाजविहीनको आवाज बुलन्द गर्ने उद्घोष साथ गण्डकी प्रदेश राजधानी पोखराको नयाँबजारबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो ।
शुभारम्भ अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सो टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले नेपालको राजनीतिमा सञ्चार क्षेत्रले पु¥याएको योगदान अविष्मरणीय रहेको उल्लेखसमेत गरे ।
रेडियो नेपालबाट सुरु नेपालको मिडिया क्षेत्र अहिले आमनेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उनले बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षेप हुने गरी राजनीति गर्न अनुरोध गरे । अधिकारीले आमनागरिकको स्वतन्त्रताको लागि पनि मिडियाको ठूलो भूमिका रहेको भन्दै पछिल्लो समय न्यायालयमा रवैया देखिएकोप्रति आपत्ति जनाए ।
टेलिभिजन अध्यक्ष पवन प्रजापतीले कोरोना कहरबीच पनि टेलिभिजन सञ्चालन गर्नु आफैंमा चुनौती रहेको भन्दै दूरदराजका आवाजविहीनको आवाज आमदर्शकमाझ ल्याउन यो टेलिभिजन सञ्चालन गरेको बताए ।
सिटी वान टेलिभिजनले आफ्ना कार्यक्रम विभिन्न सामाजिक सञ्जाल तथा मोवाइल एप, वेवसाइटमार्फत हेर्न सकिने टेलिभिजनकी प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिइन् ।
उद्घाटन समारोहमा यहाँस्थित उद्योगी व्यवसायी, सामाजिक क्षेत्रका अगुवा, पत्रकार, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook