• होमपेज
  • प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ क्षेत्रमा उपनिर्वाचन गर्ने आयोगको तयारी
Breaking News

प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ क्षेत्रमा उपनिर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यको स्थानमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।

यसका लागि सोमबार आयोगका पदाधिकारीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको छ। उपनिर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जनाएका छन्।

विज्ञापन

अहिले प्रतिनिधि सभाका चार सांसदको स्थान रिक्त छ। त्यस्तै, प्रदेश सभाका १८ सांसदको स्थान पनि खाली रहेको आयोगले जनाएको छ।

यससँगै स्थानीय तहको निर्वाचनको विषयमा पनि प्रधानमन्त्री देउवासँग छलफल भएको आयोगले जनाएको छ। त्यस्तै, निर्वाचन सम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानूनका विषयमा पनि छलफल भएको छ।

आयोगका पदाधिकारीले निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने र सर्वोच्च अदालतको आदेश बमोजिम विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए। प्रधानमन्त्री देउवाले चुनावको मिति तोक्ने विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सहभागी थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook