• होमपेज
  • एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने
Breaking News

एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने

नेकपा एमालेले मंगलबार विहान ११ बजेको लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।

भोलि मंगलबारको बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर पछिल्लो समय मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

विज्ञापन

पार्टी विभाजन भएपछि माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि  एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

बालकोटमा भएको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि भोलिको बैठकमा सहभागी भएर १० बुँदे एकता प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने जानकारी दिए।

बैठक ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै छ। kendrabindu.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook