• होमपेज
  • नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष
Breaking News

नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष

काठमाडौं । नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलाले पार्टीले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग पनि गरेको छ ।

 भेलाले मुख्यरुपमा तीन निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

विज्ञापन

भेलाले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने र निर्वाचन आयोगमा गएको दल दर्ता प्रक्रिया स्थगित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

भेलामा स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरूगरी ५७ जनाको उपस्थिति रहेको थियो ।

अहिले एमाले बिभाजनको अवस्थामा रहेको छ । नेता नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराइसकेका छन् भने ओली पक्षले नेता नेपालसहित १४ जना सांसदलाई कारवाहीको पत्र संसद सचिवालयलाई पठाएको छ । यस अवस्थामा दुवै पक्षमा नलागेका नेताहरुले अहिले पनि अप्रति एकताको पहल गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook