• होमपेज
  • डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता
गण्डकी प्रदेश

डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

बागलुङ/ मंगलवार दिउसो बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा २० बर्षिय युवतीको पानीमा डुवेर मृत्यु भएको छ ।

स्थानीय देवराज कार्कीकी अविवाहित छोरी मनकुमारीको खोलामा ढुवेको अबस्थामा शव भेटिएको प्रहरीले बतायो । घरबाट घाँस काट्न खेतमा हिडेकी ती युवतीलाई छिमेकीले खोलामा मृत देखेपछि प्रहरीमा खवर गरेका थिए । मंगलवार दिउसो साढे चारबजे शव देखेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए । प्रहरी चौकी दोबिल्लाबाट गएको टोलीले घटनास्थल पुगेर उद्दार गरेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । घटनामा सहयोग गर्न जिल्ला प्रहरी कार्यालयबाट समेत ५ जना प्रहरी खटाइएको उनले बताए ।

विज्ञापन

बागलुङ नगरपालिका वडा नं. ९ स्थित तित्याङका इन्द्रबहादुर थापाकी पत्नि ५० बर्षिय टिका थापा कालीगण्डकीमा हामफालेर बेपत्ता भएकी छिन् । मानसिक अबस्था ठिक नभएकी उनी बानपा १ को निरयघाटबाट हाम फालेको बताइएको छ । थापाकी छोरी शर्मिलाले प्रहरीमा जानकारी दिएपछि प्रहरीले १० जना प्रहरी खटाएर कालीगण्डकी नदी किनारमा खोजी अभियान थालेको हवारीले जानकारी दिए । हामफालेको स्थानमा ती महिलाको चप्पल भेटिएको बताइएको छ । दुवै घटना बारे प्रहरीले अनुसन्धान समेत गरिहरेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook