• होमपेज
  • लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा
गण्डकी प्रदेश

लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा

पर्वत । जिल्लाको लुंखु हुवास सडक खण्डमा निर्माण कार्यमा लापर्वाही भएको भन्दै निर्माण कम्पनीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय पर्वतमा निवेदन पेस भएको छ ।
मंगलबार महाशिला गाउँपालिका वडा न.५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरी र ४ का वडा अध्यक्ष पुरन मल्लले कारवाहीको माग गर्दै निवेदन पेश गरेका हुन । ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत नेपाल सरकारको सहयोगमा हेमढुङ्गा ठोकर कन्ट्रक्सन प्रा.लिले विगत वर्ष देखि नै सडक निर्माण गर्दै आइरहेको छ ।
निर्माण कार्यको समयमा महाशिला गाउँपालिका वडा नं ४ र ५ मा सडक क्षेत्रमा रहेका जोखिम युक्त बाटोका घरहरु तथा सरकारी विद्यालयहरुमा पुर्ण स्टक्चर निर्माण नगरी डोजर प्रयोग गर्दा वर्षा याममा पर्न सक्ने क्षती तथा जोखिमको बारेमा निर्माण कम्पनीलाई पटक पटक मौखिक जानकारी गराउदा समेत अटेरी गरी अव्यवस्थित र लापर्वाही तवरबाट निर्माण कार्य गर्दा महाशिला गाउँपालिका वडा नं ४ पाखापानीमा रहेको विश्वज्योति मा.विको नव निर्मित ४ कोठे भवन सहित ५ वटा घरमा क्षती पुग्नुका साथै वडा नं ५ को लुखुदेउरालीमा २ वटा घर र एफ.एफ ग्रुपले सञ्चालन गरेको पशुपंक्षी फर्म समेत जोखिम अवस्थामा रहेको अध्यक्षद्धय जिवन उच्चै ठकुरी र पुरन मल्लले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ । बर्षा याममा प्राविधिक रुपमा समान्य जोखिम नियुनिकरणका कार्य समेत नगर्दा बढी मात्रमा जोखिमको अवस्था सृजना भएको समेत निवेदनमा बताईएको छ ।

विज्ञापन

सडक खण्ड अन्र्तगत सेरा,सिम्ले ज्यामिरे लुंखु सडक पुर्णरुपमा बन्द छ, सडक सफा गरी सुचारु गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दा पनि अटेरी गरेको तर सेरा हुवास सडक भने पहिरो झर्दा वित्तिकै सफा गरी यातयात सञ्चालन गर्नुले राजनितिकरण भएको हुन सक्ने आसंक गरिएको वडा अध्यक्ष जिवन उच्चै ठकुरीले बताउनुभयो ।
सडक बन्द रहंदा कारोना संक्रमितको उपचार लगायत ईलाका प्रशासन कार्यालय हुुवासमा नागरिकता, राहादानी सेवा लिन जाने सेवाग्राहीले पुर्ण रुपमा सास्ती बेहोर्नु परेको छ भने सडक हिलाम्मे भएकोले पैदल यात्रीहरुले समेत कष्टकर एवं जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् ।
यस्तै प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले निवेदन बुझे लगत्तै निर्माण कम्पनी हेमढुङ्गा ठोकर कन्ट्रक्सन प्रा.लिलाई तुरुन्तै यातयात सुचारु हुने गरी सडक मर्मत तथा निर्माण कार्य अगाडी बढाउन निर्देशन दिनुका साथै अटेरी गरेमा प्रक्रिया गत रुपमा अगाडी बढी कारवाही गर्ने चेतवानी समेत दिनुभएको छ । निर्माण कम्पनी हेमढुङ्गा ठोकर कन्ट्रक्सन प्रा.लिले पनि एक दुई दिन भित्रनै सडक सफा गर्ने प्रतिबद्धता गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook