• होमपेज
  • सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा
राजनीति

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।

बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

विज्ञापन

संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ ।

साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

यस्तै अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर खारेजीका लागि सरकारलाई सिफारिस गर्ने कार्यदलको तयारीमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook