• होमपेज
  • नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू
Breaking News

नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू

एमाले विवाद

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठित १० बुँदेका आधारमा अब एकता हुन नसक्ने दोहर्‍याएका छन् । शनिबार साँझ भेट्न आएका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले १० बुँदेका आधारमा सहमति गर्ने कुरा नगर्न चेतावनी दिएका छन् ।

उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय आफूसँग अब राख्दै नराख्‍न आग्रह गरेका हुन् । ‘यो १० बुँदे ल्याएर अब सहमति भन्न मसँग नआउनुस् । नयाँ केही कुरा हो भने छलफल गरौँ यसका आधारमा सहमति हुन्‍न,’ नेपालले भनाई उध्रित गर्दै उनलाई भेट्न पुगेका एक नेताले भने ।

विज्ञापन

आज दिउँसो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालजस्ता गद्दारलाई एमालेमा स्थान नभएको अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए । नेपालले भने युद्धको मैदानमा गएको सिपाही डराएर नफर्कने बताएका थिए ।

यसले एमालेमा सहमति हुन लागेको भन्दै बाहिर आएका कुराहरू सत्य नभएको देखाएका थिए । त्यसलाई पुष्टि हुने गरी नेपालले १० बुँदेका आधारमा सहमति हुन नसक्ने आफ्नै समूहका पार्टी मिलाउने कार्यदलमा रहेका नेताहरूलाई बताएका हुन् । नेपालको यो धारणा सुनेपछि अब पार्टीमा एकता नहुने भयो भन्दै वार्ता टोलीमा रहेका नेताहरू निराश हुँदै कोटेश्वरस्थित नेपाल निवासबाट बाहिरिएका थिए ।

त्यो सन्देश उनीहरूले ओलीलाई पुर्‍याएको पनि एक नेताले बताए । ओलीले भने सहमति गर्ने नयाँ बिन्दु के हुन सक्छ त्यो पहिल्याउन भनेको ती नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook