• होमपेज
  • काबिल र रचनात्मक सहयोगीहरू राख्न प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव
राजनीति

काबिल र रचनात्मक सहयोगीहरू राख्न प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले सरकार संचालनमा सहयोगीहरु ईमान्दार र काबिल राख्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेपालले खराब सहयोगी हुँदा राम्रो परिणाम नआउने बताउँदै असल र विज्ञता भएका व्यक्तिहरुलाई साथमा लिन समेत सल्लाह दिए ।

उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताए । उनले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिए ।

विज्ञापन

उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’

उनले बाघको रक्षामा सबैले ध्यान पुर्‍याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook