• होमपेज
  • साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?
द्रुत खबर बिशेष

साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?

काठमाडौं । नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलालाई एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले दिएको धम्कीपूर्ण मन्तब्यले बौद्धिक जमातमा बहसको प्रमुख विषय बनेको छ । सामाजिक संजालमा संग्रौला–बस्नेतको बहसले स्थान पाएको छ ।

संग्रौलाले सामाजिक संजालमार्फत नै बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको कुरा लेखक संग्रौलाले सामाजिक संजालमार्फत नै जानकारी गराएका हुन्। संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको दाबी समेत गरेका छन् ।

विज्ञापन

उक्त विषयले बस्नेतको चर्को आलोचना भइरहेको छ । हुन पनि बस्नेतले ‘बुद्धिजीवीको नाममा कुनै पार्टीको, सरकारको कठपुतली बनेर, चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर र सूचना प्रविधि प्रयोग गरेर बौद्धिक अराजकतावादीलाई ठीक पार्नेछ’ भनेर मन्तब्य दिएका थिए ।

शनिबार बबरमहलमा युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा बोल्दै उनले पटक पटक विरोधीलाई ‘मुड्की’ नै काफी रहेको चर्को भाषण गर्दै संग्रौलातर्फ लक्षित गरेर धम्कीपूर्ण मन्तब्य दिएका थिए । भ्रष्टाचारीको खरो बिरोध र साइबर सेना गठनप्रति आपत्ति प्रकट गर्दै आएका संग्रौलाप्रति बस्नेतले नाम उल्लेख नगरी संग्रौलालाई तह लगाउने बताएका थिए ।

आफ्नो पार्टीको विरुद्धमा लाग्ने काला कोटधारी, पत्रकार, नागरिक समाजको दिनगन्ती सुरु भएको समेत भाषण दिएका बस्नेतले संग्रौलाको नाम सीधै उल्लेख नगरी  ‘चावेलको भट्टीमा जाँड र रक्सी खाएर विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति’लाई तह लगाउने बताएका थिए ।

उक्त भाषणको विषयलाई लिएर लेखक संग्रौलाले समाजिक संजालमार्फत नै जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर !’

महेशको भाषणकै विषयलाई लिएर बाम विश्लेषक हरि रोक्काले पनि आपत्ति प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘उहिले मण्डले ग्याङ थियो,‘दरवार’कोआडमा एलान गर्थे कुट्थे, पक्डाउथे, थुनाउथे, मार्थे। तै हजारोँ मान्छे जेल,र मारिन कस्सिए बहुदल आयो। मा.महेश बस्नेत त्योवेला नावालक हुनुहुन्थ्यो होला। मण्डले बिर्साउने उहाँको बुध्दिजीवी माथिकोआक्रमण तुच्छकोटीको हो। कात्रो बेरेर निस्केका कोही तर्सन्न।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook