• होमपेज
  • पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट
पत्रपत्रिका

पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट

काठमाडौं :  नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न प्रयास जारी रहेको बताएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि थप विवादमा आएको पार्टी पंक्तिलाई एकतावद्ध गराउने प्रयास जारी रहेको उनले बताएका हुन्।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका लागि धैर्यता चाहिने बताएका छन्। ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ। अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ। यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं। पार्टी पंक्तिले एकता चाहेको छ,’ विष्टले भनेका छन्, ‘भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ।’

विज्ञापन

विष्ट पछिल्लो समय विवाद समाधान कार्यदलमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई मिलाउने प्रयास गर्ने नेतामध्येका एक हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook