• होमपेज
  • माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने
Breaking News

माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

आज बोलाइएको प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।

विज्ञापन

यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न नेपाल पक्षधर २६ सांसदले हस्ताक्षर गरेका थिए । पछि सर्वोच्च अदालतमा माधवकुमार नेपाल पक्षधर २३ सांसद देउवाको पक्षमा देखिएका थिए ।

आज माधवकुमार नेपाल पक्षधर सबै सांसदले देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।

‘हामीले हिजो हालेको रिट निवेदनमा पनि संसदको स्थायित्वको कुरा गरेका थियौँ,’ नेपाल पक्षधर एक सांसदले फरकधारलाई बताए, ‘त्यसैले आज हामी उहाँलाई विश्वासको मत दिन्छौँ । यो हामीले व्यक्तिका कारण गरेको होइन, विधि बनाउन गरेको निर्णय गरेको हो ।’

नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिँदा देउवाले विश्वासको मत पाउने छन् । news source farakdhar

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook