• होमपेज
  • देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’
Breaking News

देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।

उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् । शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् । उनले सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको उल्लेख गर्दै नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने बताएका छन् ।

विज्ञापन

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् । news source rotopati

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook