• होमपेज
  • माधव नेपाललाई ‘सुरक्षा थ्रेट’
द्रुत खबर बिशेष

माधव नेपाललाई ‘सुरक्षा थ्रेट’

काठमाडौं, ३० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सुरक्षा थ्रेट बढेको छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुबाट सुरक्षा थ्रेट बढेको हो ।

नेपालको कोटेश्वरस्थित निवास घेर्ने देखि त्यही पुगेर पुत्ला जलाउने सम्मको कार्य ओलीनिकट युवा संघका कार्यकर्ताले गर्न थालेका छन् । उनलाई ओलीले ‘गद्दार’ घोषणा गरेका छन् । योसँगै ओलीनिकट युवाहरु नेपालविरुद्ध खनिन थालेका छन् । यसले सुरक्षा थ्रेट बढाएको हो ।

विज्ञापन

माधव नेपाललाई सुरक्षा थ्रेट बढेको निष्कर्षसहित सुरक्षा बढाइएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालले मुख्य भूमिका खेलेपछि ओली पक्षीय नेता कार्यकर्ता आक्रोशित छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook