• होमपेज
  • साउन १ गतेदेखि लामो र मध्यम दुरीका सवारी चल्ने
Breaking News

साउन १ गतेदेखि लामो र मध्यम दुरीका सवारी चल्ने

काठमाडौं । साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात संचालनमा आउने भएको छ ।

कोरोनाका कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे लगत्तै ठप्प भएको सार्वजनिक सवारी साधान संचालनमा आउने भएको हो । कोरोना संक्रमण केही कम हुन थालेपछि लामो दुरीका सार्वजनिक सवारी संचालन गर्न लागिएको हो । ‘‘ साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी संचालन गर्दैछौँ ।’’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

विज्ञापन

गाडी सञ्चालन हुने खबर पाएलगत्तै व्यवसायीहरु गाडी मर्मत संहारमा लागेका छन् । पूर्ण रुपमा कोरोना संक्रमण नसकिँदै सार्वजनिक यातायात संचालन गर्दा संक्रमण बढ्ने खतरा भएपनि बढ्ने संकेत देखिने वित्तिकै पुनः रोक लगाउने सिटौलाको भनाई थियो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन १ गतेबाट लामा तथा मध्यम दुरीका सवारीसाधन संचालन गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको सुचना पाएकाले व्यवसायीहरुले गाडीको मर्मत संहार सुरु गरेका हुन् ।

सरकारले जेठ २० गतेबाट उपत्यकामा जोरविजोर प्रणाली हटाएर छोटा दुरीका सबै खालका सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook