• होमपेज
  • एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल
गण्डकी प्रदेश

एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल

पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध  गरेका थिए ।

तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

विज्ञापन

लगातार तीनपटक सदन अवरुद्ध गरेपछि सरकारले बजेट जबर्जस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook