• होमपेज
  • प्रधानमन्त्रीले संकटकाल लगाउने प्रस्ताव गरेपछि प्रधानसेनापतिद्वारा अस्विकार
Breaking News

प्रधानमन्त्रीले संकटकाल लगाउने प्रस्ताव गरेपछि प्रधानसेनापतिद्वारा अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधान ट्रयाकमा आएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई फेरी अस्थिरतामा लाने कोशिस गरेका छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारीलाई संकटकाल लगाउन उक्साएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको परमादेशलाई राष्ट्रपति विद्यादेवि भण्डारीले विशेष अधिकार भन्दै अस्विकार गर्ने र स्वभाविक रुपमा संकटकाल लागु गर्ने ओली सरकारको तयारी रहेको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओली संकटकाल लगाउने विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग सहमति माग्दै आएका थिए । तर, सेनापति थापाले संकटकाल घोषणा गरे पनि सेना सडकमा नआउने जवाफ दिएका थिए ।

विज्ञापन

‘नेपाली सेना हिजो राजसंस्थाले राजसंस्थाकै लागि प्रशिक्षित गरेको जबरजस्त संगठन हो । नेपाली सेनाले हिजो राजालाई पनि साथ नदिएर जनतालाई साथ दियो,’ एक पूर्व सैनिक अधिकारी भन्छन्,‘केपी ओली र विद्या भण्डारीका लागि नेपाली सेना सडकमा आएर प्रतिरक्षा गर्छ भन्ने हल्लामा म विश्वास गर्दिन । त्यो कदापी हुनेवाला छैन । सर्वोच्च अदालतको परमादेशलाई ओली वा विद्या जो कोहीले पनि मान्नुपर्छ । नेपाली सेनाले पनि मान्नुपर्छ ।’

यता नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि सरकारले संकटकाल लगाउने संभावना शुन्य रहेको बताए ।

‘हामीलाई अहिलेसम्म कुनै सुचना आएको छैन । संकटकाल जस्तो विषय सुरक्षा परिषदबाट पास हुनुपर्छ,’ ती अधिकारीले भने,‘भोली विदा हुने सरकारले आज संकटकाल लगाउने भन्ने त कल्पना बाहिरको कुरा हो । त्यो संभव छैन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook