• होमपेज
  • गठबन्धनबाट बाहिरिए माधव नेपाल, देउवालाई विश्वासको मत नदिने
Breaking News

गठबन्धनबाट बाहिरिए माधव नेपाल, देउवालाई विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनबाट बाहिरिएको बताएका छन्।

सोमबार आफ्नै निवासमा बसेको पाँच विपक्षी दलको बैठकमा उनले अब गठबन्धनमा आफू नरहेको बताएका हुन्।

विज्ञापन

एमालेमा एकताको वातावरण बनेकाले अब आफू गठबन्धनमा नरहने नेपालले बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

आफूले साथ दिएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको बताउँदै उनले आगामी दिनमा आफ्नो पार्टी एमालेसँग पनि सल्लाह गरेर अघि बढ्न आग्रह गरेका थिए ।

आफूले विपक्षी गठबन्धनलाई धोका दिएको रुपमा नबुझ्न आग्रह गर्दै उनले बदलिएको परिस्थितिअनुसार चल्नुपरेको बताएका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । सो बेला उनलाई माधव नेपालले साथ नदिने पक्का जस्तै छ ।

एमाले एकता अघि बढेको अवस्थामा उनले आफ्नो पार्टीका संसदीय दलको नेताको ह्विप मान्नुपर्ने हुन्छ । ओलीले देउवाको विपक्षमा मत हाल्न ह्विप जारी गर्ने पक्का छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook