• होमपेज
  • एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित
Breaking News

एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित

काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ।

थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा ‘भेला’ भएका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए।

विज्ञापन

नेता भुसालले पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको प्रयासमा पनि खास प्रगति गर्न नसकिएको पनि बताएका छन्। ‘१० अगाडि जहाँ थियौं अहिले पनि त्यहीँ छौं। १० दिनदेखिको प्रयासमा खास प्रगति भएन,’ नेता भुसालले भने।

अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भोलि (शुक्रबार) पनि बैठक बस्ने र शुक्रबारको बैठकले विवादित विषय टुंग्याउनेमा आशावादी रहेको बताए।

‘तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्‍याएका छौं भने यो ठूलो कुरा हो। भोलि (शुक्रबार) ११:३० बजेको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेता नेम्वाङले भने।

पार्टी भित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्ने गरी कार्यदलका सदस्यहरु छलफलमा छन्। यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो।

कार्यदलमा रहेका नेताहरुले अध्यक्ष ओली र नेपालबीच बुधबार सकारात्मक वार्ता भएको र छिट्टै पार्टी एकतामा महत्वपूर्ण उपलब्धी हासिल हुने बताउँदै आएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook