• होमपेज
  • पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने
गण्डकी प्रदेश

पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने

पर्वत- पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने भएको छ । नगरपालिकामा हिजो व्यक्तिगत घटना, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले आफ्नो पालिकाभित्र घटेका घटना लगायत अन्य तथ्याङ्कहरुलाई अनलाईनमा दर्ता गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरभित्रका ११ वटा वडा बाट ३३ जना प्राविधिकहरु उपस्थित भई तथ्यांक अपलोड गर्ने तरिकाको बारेमा जानकारी हाँसिल गरेका थिए ।

विज्ञापन

कार्यक्रममा शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्यले व्यक्तिगत घटना दर्ताको महत्वका बारेमा प्रकास पार्नुभएको थियो, भने नगरका योजना व्यवस्थापक देवी प्रसाद तिमिल्सिनाले प्रविधिसंग जुध्न सक्नु सबै भन्दा ठुलो क्षमता विकास भएको बताउँदै प्रविधिबिनाको युगमा अवको जिवनयापन गर्न नसकिने हुँदा सवैलाई यस क्षेत्रमा अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

पञ्जिकरण शाखा प्रमुख कृष्णप्रसाद पौडेलले डाटाहरु कागजि फाईल तथा ढड्डाहरुमा भन्दा कम्प्युटर तथा इन्टरनेटमा सुरक्षित र प्रभावकारी हुने भएको कुराअवगत अगाउँदै अनलाईन घटना दर्ता प्रणलि सञ्चालन गर्न लागिएको बताउनुभयो ।

तथ्यांक सम्बन्धि सम्पुणर् जानकारी र तथ्यांक दर्ता प्रक्रियाको बारेमा नगरकका आइटी अफिसर संयोजक कमल गौतमले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागि प्राविधिकहरुले आ-आफ्नो वडामा शिविशि सञ्चलन गरी अवको ५ दिन सम्म घटनाहरुलाई अनलाईनमा दर्ता गर्ने भएका छन् ।

कार्यक्रमा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले मानिसहरु प्रविधि विनाको शिक्षा हाँसिल गरेर मात्र पुणर्रुपमा शिक्षित हुन नसक्ने कुरामा जोड दिनुभयो । उहाँले अवको जमना सुचना प्रविधिको भएको बताउँदै सम्पुणर् नगरका तथ्यांकहरुलाईपनी प्रविधिमा जोड्ने प्रयासमा रहेको जानकारी दिनुभयो । साथै नगरप्रमुख शर्माले फलेवासको सम्रग विकास र सकारात्क परिवर्तमा विशेष जोड दिएर नगरभित्रका योजनाहरुलाई अगाडि बढाईने बताउनुभयो ।

नगरप्रमुख शर्माको अध्यक्षतामा नगर सभाहलमा सम्पन्न भएको कार्यक्रममा नगरका फिल्ड सहायक उदय भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इएमआईएस अपरेटर लकास सुवेदीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook