• होमपेज
  • पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै
गण्डकी प्रदेश

पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै

पर्वत – पर्वतको मोदी गाउँपालिकाले श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको छ । पालिकाभित्रका श्रम गरेर खाने विपन्न परिवारको हकहितको लागि श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको हो । गाउँपालिका भित्र रहेका दक्ष तथा अर्धदक्ष मजदुरहरुलाई संगठित गरी उनिहरुको आर्थिक स्तरमा सुधार ल्याउने उद्धेश्यले कल्याणकारी कोष स्थापना गर्न लागिएको पालिकाले जनाएको छ ।

मजदुरले मासिक रुपमा कोषमा रकम जम्मा गर्ने र त्यसको ५० प्रतिशत गाउँपालिकाले थप गरिदिने व्यवस्था मिलाईने भएको छ । कल्याणकारी कोषमा जम्मा भएको रकम मजदुरहरुले पाँच वर्ष पछि आफ्नो प्रयोजनका लागि निकाल्न पाउने व्यवस्था गरिने भएको छ ।
यो कार्यक्रमले गाउँपालिकाभित्र रहेका असंगठित मजदुरहरुको आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कोष पालिकाभित्रका मजदुरहरुको योगदानमा आधारित रहने छ ।

विज्ञापन

यो कोषलाई व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण गरि सञ्चालन गर्ने गरि आगामी वर्षको बजेट तथा निति कार्यक्रममा समावेश गरिएको क्षेत्रीले बताउनुभयो । शुरुवातमा यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । पर्वतमा यस अघि जलजला र फलेवास नगरपालिकाले यसको शुरुवात गरेका छन् ।

त्यसैगरी मोदी गाउँपालिकालाई तरकारी, मासु, दुध, अण्डा लगायतमा आत्मनिर्भर बनाउनका लागि उत्पादन तथा ढुवानीमा अनुदानको लागि रकम समेत विनीयोजन गरिएको छ । कृषकहरुको जोखिम न्यूनिकरणको लागी कृषि तथा पशु विमा कार्यक्रम सञ्चालन तथा कृषक राहत कार्यक्रम सञ्चालन लाई समेत आगामी बजेटमा प्राथमिकता दिईएको छ । कृषिलाइ आधुनिक प्रविधिसंगै विकास गर्न कृषि यान्त्रीकरणमा रु १२ लाख विनियोजन गरिएको क्षेत्रीले बताउनुभयो । कृषि बजारमा रहेका बिचौलिया प्रवृत्तिको अन्त्य गरी कृषि उत्पादनमा कृषक र उपभोक्ताको सीधा सम्पर्कको लागि कृषि सहकारीलाई सबलीकरण गरी सुपथ पसल तथा संकलन केन्द्र स्थापना तथा सञ्चालन गर्न रु १२ लाख विनियोजन गरिएको छ ।

मोदी गाउँपालिकाले कृषि, पशुसेवा, पर्यटन, सहकारी, उद्यम विकास लगायतका आर्थिक विकासको समग्र क्षेत्रमा ससर्त अनुदान बाहेक रु.२ करोड ८२ लाख ४ हजार विनियोजन गरेको पनि गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook