• होमपेज
  • माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी
Breaking News

माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपालनिकट १७ भातृ संगठनले एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा नफर्किए पार्टी विसर्जन हुने चेतावनी दिएका छन्। उनीहरूले गत फागुन २८ यता अध्यक्ष ओलीले गरेका सबै निर्णय सच्याउन पनि माग गरेका छन्। नभए अलग पार्टी निर्माण गरेर जाने उनीहरूको चेतावनी छ।

बिहीबार नेपालनिकट १७ वटा संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई २ जेठ २०७५ को स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउन माग गरेका हुन्। नत्र क्रान्तिको नयाँ झण्डा उठाउन तयार रहेको उनीहरूको घोषणा छ।

विज्ञापन

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकतावद्ध गरेर क्रान्तिको नयाँ झण्डा उठाउनुपर्नेछ। इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरूको आरोप छ।

विज्ञप्तिमा माधवपक्षीय अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, युवा संघका अध्यक्ष नरेश शाही, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटासहितले हस्ताक्षर गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook