• होमपेज
  • २४ घण्टामा ७ हजार ४२५ संक्रमित थपिए, १८५ को मृत्यु
Breaking News

२४ घण्टामा ७ हजार ४२५ संक्रमित थपिए, १८५ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

विज्ञापन

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १५०, पर्सा २३, बारामा ३८, महोत्तरीमा १४१, रौतहटमा ४१, सप्तरीमा ४२, सर्लाहीमा ३४ र सिरहामा ५७ जना संक्रमित थपिएका छन् ।

वाग्मती प्रदेशको काठमाडौँमा मात्र १ हजार ८०६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १४०, चितवनमा १७१, दोलखामा ८७, धादिङमा २५, नुवाकोटमा १९५, भक्तपुरमा २९८, मकवानपुरमा २४२, रसुवामा २, रामेछापमा ७८, ललितपुरमा ६८१, सिन्धुपाल्चोकमा ६० र सिन्धुलीमा ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा २५८, गोरखामा १४९, तनहुँमा ७९, नवलपरासी पूर्वमा २९, पर्वतमा ६५, मुस्ताङमा २, म्याग्दीमा २९, लमजुङमा ८९, बागलुङमा ७ र स्याङजामा १९८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १९, कपिलवस्तुमा ८८, गुल्मीमा ४, दाङमा १४३, नवलपरासीमा ४१, पाल्पामा ५१, प्युठानमा १०, बर्दियामा ९, बाँकेमा ४६, रुकुम पूर्वमा १, रुपन्देहीमा २८७ र रोल्पामा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा २, दैलेखमा २९, रुकुम पश्चिमा १६, सल्यानमा २ र सुर्खेतमा ७८ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७८, कञ्चनपुरमा १, कैलालीमा ९६, डडेल्धुरामा २५, डोटीमा १, दार्चुलामा २२, बझाङमा २, बाजुरामा २ र बैतडीमा ५७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ७८५ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँमा १ हजार ८०६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ६८१ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १७३

१०-१९ वर्ष – ५०७

२०-२९ वर्ष – १५९१

३०-३९ वर्ष – १६३९

४०-४९ वर्ष – १२८४

५०-५९ वर्ष – १००४

६०-६९ वर्ष – ६११

७०-७९ वर्ष – २६१

८०-८९ वर्ष – ११३

९०-१०० वर्ष- ७

अज्ञात – २८

६३ जिल्ला ‘रेडजोन’मा, ४६ जिल्लामा ५०० बढी सक्रिय संक्रमित 

हाल ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४६ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्  । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै  लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा, खोटाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को सर्लाहीमा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत,  बागलुङ  र  लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२ हजार १६४ संक्रमित आईसीयू र भेन्टिलेटरमा 

मन्त्रालयका अनुसार २ हजार १६४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६९७ कोरोना संक्रमितको आईसीयूमा र ४६७ को भेन्टिलेटरमा गरी कुल २ हजार १६४ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३४ जना आईसीयूमा र ४१ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९२ आईसीयूमा र ४७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८५९ जना आईसीयूमा र ३०७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १५१ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६१ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

एकैदिन ७ हजार १३५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख  ९८ हजार ४८३ पुगेको छ ।

थप १८५ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook