• होमपेज
  • एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
Breaking News

एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

काठमाडौँ– केन्द्रको राजनीतिक प्रभाव फेरि प्रदेशमा पनि पर्न थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस, माओवादीलगायतका विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट हालेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।

जस अनुसार नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

विज्ञापन

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । साथै, प्रदेश सरकारका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook