• होमपेज
  • ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्
Breaking News

ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको धम्की दिएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संसद विघटनको चिन्ता गर्नेहरुले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

विज्ञापन

उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

उनले भने, ‘संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ? ए बाबा, मत दिनुस् न, कसरी विघटन हुन्छ? आफैं मत नदिइकन विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस् लगाउने। भीरको टाउकोबाट उँधोतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष लगाउने। हाम नफालौँ, मत दिऔँ,’ उनले भने।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले पुनः संसद विघटन गर्ने चिन्ता भएको बताएका थिए।

साथै उनले संसदले आफूलाई विश्वासको मत नदिए मार्ग प्रशस्त गर्ने पनि बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook