• होमपेज
  • २७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक
गण्डकी प्रदेश

२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक

पोखरा : गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्‍ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्‍ने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड-१९ लागेका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्‍वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए ।

विज्ञापन

प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्‍वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर मतदान नभइ बैठक अनिश्‍चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्‍न सकेको छैन ।

प्रदेश सभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड-१९ देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोभिड-१९ संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समिति सदस्य खड्काले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै