• होमपेज
  • एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
Breaking News

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल

पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन ।
छलफलबाट बाहिरिदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्छु ।”
दुई नेताबीचको छलफलमा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले २७ संघीय र कर्णालीका ५ सांसदलाई स्पष्टीकरण सोधेको भोलिपल्ट उनीहरूले छलफल गरेका हुन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook